काठमाडौं, वैशाख १४ । नेपालमा बिहिबार १११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ६० जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ का लागि एकै दिन दुई हजार ५१७ स्वाबको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ७८ वटा पीसीआर र ३३ वटा एन्टिजेन परीक्षणमा घातक भाइरस पोजेटिभ देखिएको छ ।
हाल देशभर कोभिड-१९ का ३७८ सक्रिय केसहरू छन्। जसमध्ये १८ जना संस्थागत आइसोलेसनमा, ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज पनि लिन आग्रह गरेको छ।
Published Date: 27 April 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1