काठमाडौं, कार्तिक १७ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
Published Date: 03 November 2026