व्यवहारिक शिक्षाको नयाँ गन्तव्य बन्दै भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड

कक्षा ११ मा व्यवस्थापन तथा मानविकी संकायमा नयाँ भर्ना खुल्यो

व्यवहारिक शिक्षाको नयाँ गन्तव्य बन्दै भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड : Icon Khabar

भक्तपुर, जेठ ५ । आजको शिक्षा केवल किताबका पानामा सीमित छैन। समयसँगै बदलिएको विश्वले अब यस्तो शिक्षाको खोजी गरिरहेको छ, जसले विद्यार्थीलाई केवल परीक्षामा अब्बल होइन, जीवनका हरेक मोडमा सक्षम बनाओस्। यही सोच र उद्देश्यलाई आत्मसात गर्दै भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले कक्षा ११ मा व्यवस्थापन तथा मानविकी संकायमा नयाँ भर्ना खुला गरेको छ।

“A School For Practical and Quality Education” भन्ने मूल मन्त्र बोकेको यस विद्यालयले विगतदेखि नै व्यवहारिक, सीपमूलक र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ। विद्यालयले विद्यार्थीको केवल शैक्षिक उपलब्धि मात्र होइन, उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धिलाई पनि उत्तिकै प्राथमिकता दिएको जनाएको छ।

अहिलेको प्रतिस्पर्धात्मक युगमा विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानले मात्र पुग्दैन भन्ने मान्यताका साथ अक्सफोर्ड प्र्याक्टिकल स्कुलले विभिन्न व्यवहारिक अभ्यास, प्रस्तुतीकरण, परियोजना कार्य तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइलाई जीवनसँग जोड्दै आएको छ। यही कारण विद्यालय विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

विद्यालयले व्यवस्थापन र मानविकी संकायअन्तर्गत विद्यार्थीको रुचि, क्षमता र भविष्यलाई मध्यनजर गर्दै आधुनिक तथा व्यवहारिक शिक्षण पद्धति अपनाएको जनाएको छ। अनुभवी शिक्षक टोली, अनुशासित वातावरण, प्रविधिमैत्री कक्षा कोठा तथा विद्यार्थी केन्द्रित सिकाइ विद्यालयका विशेषता मानिन्छन्।

विद्यालय प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि सीमित सिटमा भर्ना खुला गरिएको हो। एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले समयमै भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

जीवनका हरेक यात्रामा आत्मविश्वासका साथ अघि बढ्न सक्ने नागरिक तयार गर्ने उद्देश्यसहित अक्सफोर्ड प्राक्टिकल स्कुलले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरिरहेको छ। बदलिँदो समयसँगै शिक्षाको स्वरूप बदलिरहँदा अक्सफोर्डले विद्यार्थीको भविष्यलाई उज्यालो बनाउने विश्वास अभिभावकमाझ थप गाढा बन्दै गएको छ।

Published Date: 19 May 2026
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी