भक्तपुर, कार्तिक १७ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
सोमबार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक घिमिरेका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट ३३ लाख रुपैयाँ शंकास्पद नगद बरामद भएपछि अख्तियारले घिमिरेलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उक्त रकम घिमिरेले घुसबापत लिएर व्यवस्थापनका लागि ढुङ्गेललाई दिएका थिए। घिमिरेले भने घुस लिएको आरोप अस्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Published Date: 03 November 2026