उपत्यकामा तोकिएको सीमाभन्दा बढी धुवाँ फाल्ने १५ सवारीसाधनलाई कारबाही

उपत्यकामा तोकिएको सीमाभन्दा बढी धुवाँ फाल्ने १५ सवारीसाधनलाई कारबाही : Icon Khabar

काठमाडौं, वैशाख १४ । काठमाडौं उपत्यकामा तोकिएको सीमाभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिभन्दा बढी धुवाँ निस्कने सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले गणतन्त्र दिवसमा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुईवटा पिकअप भ्यान र एउटा ट्रकलगायत १५ वटा सवारी साधन चलाएको जानकारी दिए । काठमाडौंको बबरमहलमा प्रदुषण जाँच गर्दा पक्राउ परेका छन् ।

उनका अनुसार दुवै निकायको संयुक्त टोलीले २५ वटा सवारीसाधनको चेकजाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ निस्कने १५ सवारीसाधन फेला पारेर कारबाही गरेको थियो ।

कारबाहीमा संलग्न सवारी साधनका चालकलाई तोकिएको जरिवाना तिरेर जफत गरिएका कागजपत्र फिर्ता गरिने छ । उपत्यकामा पछिल्लो समय तोकिएको सीमाभन्दा बढी धुवाँ उत्सर्जन गर्ने सवारी साधनको संख्या बढ्दै गएकाले त्यस्ता सवारी साधनको प्रदूषण स्तर जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित