आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने

आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ ।

साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

Published Date: 02 November 2026
Website | + posts




















ताजा
आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने
साढे तीन दशकको कलाकारिता, दर्शकको माया र सम्मानको ताज : निरुता सिंहको भावुक यात्रा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?