राष्ट्र बैंकले धनतेरसको लागि आगामी मंगलबारमात्रै सुनका असर्फी बिक्री गर्ने

राष्ट्र बैंकले धनतेरसको लागि आगामी मंगलबारमात्रै सुनका असर्फी बिक्री गर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ।

सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ।

चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।

गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइने भएको हो।

यस वर्षबाट चाँदीका मेडालियनको मूल्य समेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिसिक्का तथा मेडालियनको दुई सयदेखि ६ सय ५० रूपैयाँसम्म मूल्य बढेको छ।

यसपालि कात्तिक १३ गते धनतेरस परेको छ। कात्तिक १४ गते पनि धनवन्तरी रहेको उल्लेख छ। धनतेरस तथा धनवन्तरीमा सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ।

Published Date: 25 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु