गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक

गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज २७ । गायक, गीतकार तथा संगीतकार सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ आज युट्युबमार्फत सार्वजनिक भएको छ।

बिनता कल्चरल आर्ट प्रमोशन सेन्टर र एसपीजे आर्ट्स एन्ड म्युजिकको प्रस्तुतिमा तयार भएको गीतले पारिवारिक आत्मीयता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। गीतमा सुरज कापालीको स्वर, शब्द तथा संगीत रहेको छ।

गीतमा बाल गायिकाहरू अन्जेरिना कपाली, सभ्यता सुवेदी, एले लामा, रसिका श्रेष्ठ, अपेक्षा लामा, सुजिता तामाङ, अज्युनी सुवेदी र रोबिशा तामाङको सहभागिता रहेको छ। गीतको एरेन्जमेन्ट बुद्ध सयामीले गरेका छन् भने कथा, छायांकन तथा निर्देशन सुरज दाहालको रहेको छ। अडियो नेपालले पनि गीत निर्माणमा सहकार्य गरेको छ।

गीतमा एक पिता र दुई बालिकाबीचको आत्मीय सम्बन्धलाई चित्रण गरिएको छ। पारिवारिक प्रेम र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक तथा संगीतप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। ‘राम्री बनेर’ गीतको भिडियो एसपीजे आर्ट्स एन्ड म्युजिक युट्युब च्यानल मार्फत हेर्न सकिनेछ।

Published Date: 13 October 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड