भक्तपुरको ऐतिहासिक श्री पद्म माविमा विभिन्न संकायमा कक्षा ११ का लागि भर्ना खुला

भक्तपुरको ऐतिहासिक श्री पद्म माविमा विभिन्न संकायमा कक्षा ११ का लागि भर्ना खुला : Icon Khabar

भक्तपुर, जेठ ७ । भक्तपुरको ऐतिहासिक तथा प्रतिष्ठित शैक्षिक संस्था श्री पद्म माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना खुला गरेको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा सिभिल इन्जिनियरिङ संकायमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको हो।

“नेपालको उत्कृष्ट तथा अग्रणी विद्यालय” का रूपमा पहिचान बनाएको श्री पद्म माध्यमिक विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा उत्कृष्ट नतिजामार्फत आफ्नो शैक्षिक गरिमा कायम राख्दै आएको छ। एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयले यस वर्ष पनि आधुनिक तथा व्यवहारिक शिक्षामा विशेष जोड दिएको जनाएको छ।

विद्यालयका प्राचार्य राम हाडाले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै श्री पद्म माध्यमिक विद्यालय परिवारमा स्वागत गरेका छन्। उनले विद्यालयले पाठ्यक्रममा मात्र सीमित नभई विद्यार्थीको सीप, व्यक्तित्व विकास तथा व्यवहारिक ज्ञान अभिवृद्धिमा विशेष ध्यान दिँदै आएको बताए।

विद्यालयमा सञ्चालन हुँदै आएको सिभिल इन्जिनियरिङ कार्यक्रम विद्यार्थीहरूको विशेष आकर्षणको केन्द्र बनेको छ। आधुनिक प्रयोगशाला, प्रयोगात्मक अध्ययन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउने लक्ष्य विद्यालयले लिएको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार भर्ना फाराम वितरण सुरु भइसकेको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

भक्तपुर दरबार क्षेत्रस्थित श्री पद्म माध्यमिक विद्यालयमा थप जानकारीका लागि ०१–६६१०३२६ र ०१–६६१२०९९ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।

Published Date: 21 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली