३२९ रोपनी जग्गामा लगाएको प्रतिबन्धित अफिम प्रहरीद्वारा नष्ट

३२९ रोपनी जग्गामा लगाएको प्रतिबन्धित अफिम प्रहरीद्वारा नष्ट : Icon Khabar

वीरेन्द्रनगर, वैशाख १४ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले दुई नगरपालिकाको ३२९ रोपनी जग्गामा लगाएको अफिम नष्ट गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले प्रतिबन्धित बिरुवा खेती नष्ट गरेको हो ।

भेरी नगरपालिका–६ स्थित भेरे नामक ठाउँ लगायत बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, जुनचण्डी गाउँपालिकामा प्रहरीले अवैध अफिम खेती नष्ट गरेको बताइएको छ ।

जाजरकोट जिल्लामा गत वैशाखमा अफिम खेती नष्ट गर्ने अभियान सुरु भएको थियो । ग्रामीण क्षेत्रमा गाँजा र अफिमको खेती गोप्य रुपमा गरिन्छ । कर्णालीका धेरै ठाउँमा गाँजा र अफिम खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित