जलवायु परिवर्तनले नेपालमा ठुलो नोक्सान हुन सक्ने

जलवायु परिवर्तनले नेपालमा ठुलो नोक्सान हुन सक्ने : Icon Khabar

काठमाडौँ, जेठ २२ । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने बताए । उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने बताए । उनले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको जिकिर गरे ।

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको बताए । उनले बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको जानकारी दिए । उनले बाढीका कारण बसाइसराइँको समस्या बढेको बताए । बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
11
+1
126
+1
10
+1
5
+1
16
Published Date: 04 June 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित