वाकुपति चाँगुनारायण तामाको छानामा सुनको जलप पुस्तक सार्वजनिकीकरण हुने

वाकुपति चाँगुनारायण तामाको छानामा सुनको जलप पुस्तक सार्वजनिकीकरण हुने : Icon Khabar

भक्तपुर, बैशाख १४ । सम्पदा संरक्षणमा भक्तपुरका अग्रजको अग्रसरता स्वरूप भक्तपुरमा विभिन्न किसिमका सम्पदाहरूको संरक्षण एवम् जिर्णोद्धार भएका छन् ।

सोही सन्दर्भमा भक्तपुर वडा नं ९ स्थित वाकुपति चाँगुनारायण मन्दिरमा रहेको झिंगटीको छानाको सट्टा तामाको छाना र त्यसमा सुनको जलप लगाउन जेष्ठ नागरिकको अग्रसरतामा उपभोक्ता समिति २०७४ मा गठन गरेको थियो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको उपस्थितिमा वाकुपति चाँगुनारायण तामाको छानामा सुनको जलप २०८० नामक पुस्तक यहीँ बैशाख १६ गते शनिबार सार्वजनिकीकरण हुने भक्तपुर नगरपालिकाले जनाएको छ ।

पुस्तकमा मन्दिरका ऐतिहासिक दस्तावेज सहित उपभोक्ता समिति मार्फत भएका विभिन्न समयका कार्यहरूको अभिलेख समेत संग्रहित हुनेछ ।

उक्त मन्दिरको छानामा सुनको जलप लगाउन सहयोग गर्ने चन्दादाताहरूलाई धन्यवाद पत्र समेत वितरण हुने सो कार्यक्रममा सम्पदाप्रेमी महानुभाव तथा वडाबासी लगायत नगरबासीको उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts






ताजा
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो
काठमाडौँ महानगरपालिकाद्वारा सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना
भारतमा रोयटर्सको आधिकारिक एक्स अकाउन्ट प्रतिबन्ध








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न