आगामी आवको आर्थिक विधेयकमा विद्युतीय सवारी साधनमा कर नबढाउन सरकारलाई सर्वोच्चको आदेश

आगामी आवको आर्थिक विधेयकमा विद्युतीय सवारी साधनमा कर नबढाउन सरकारलाई सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख १३ । सर्वोच्च अदालतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा विद्युतीय सवारी साधन (इभी)मा कर नबढाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सुष्मा लता माथेमाको संयुक्त इजलासले परमादेश जारी गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न सरकारलाई निर्देशन दिएको हो । सर्वोच्चको फैसलामा यातायात क्षेत्रबाट हुने वायु प्रदुषण नियन्त्रण गर्न बनेका कानून र नीतिको उचित कार्यान्वयन हुनुपर्ने उल्लेख छ ।

“सरकारले वातावरणीय ह्रासको मूल्य प्रदूषकहरूले तिर्ने कुरा गर्ने सिद्धान्तका आधारमा कर दरहरू तोक्नुपर्छ,” सर्वोच्चको निर्णयको पूर्ण संस्करण पढ्छ। त्यस्तै, सर्वोच्चले पेट्रोल, डिजेल जस्ता जीवाश्म इन्धनमा परनिर्भरता क्रमशः घटाउँदै स्वच्छ नवीकरणीय र हरित ऊर्जाको उत्पादन र प्रयोगलाई प्रवर्द्धन गर्न माग गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्रै रु २६१ अर्ब खर्च गरेको छ । २ हजार ६ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन केन्द्र स्थापनासँगै मुलुक शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ । तर, विद्युत् वितरणसँग सम्बन्धित कमजोर पूर्वाधार र विद्युतीय कारको महँगो मूल्य लक्ष्य हासिल गर्न बाधक बनेको छ ।

सर्वोच्चले स्वच्छ र प्रदूषणमुक्त वातावरणमा बाँच्न पाउनु जनताको अधिकारलाई पनि औंल्याएको छ ।

Published Date: 26 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय