आर्सनलमाथि सिटीको सानदार जित

आर्सनलमाथि सिटीको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख १४ । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेको छ ।

सिटीले घरेलु मैदानमा आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सिटीको जितमा केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालान्डले समान एक गोल गरे । आर्सनलका रोब होल्डिङले एक गोल फर्काए ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलको सातौं मिनेटमा ब्रुएनाको गोलबाट सिटीले गोलको खाता खोलेको थियो । उनले हालान्डको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोन स्टोन्सले ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ब्रुएनाले हालान्डकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो ।

८६औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हालान्डले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए ।

सिटीसँगको हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ । अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई ४ अंकले पछि पार्नेछ ।

Published Date: 27 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय