आर्सनलमाथि सिटीको सानदार जित

आर्सनलमाथि सिटीको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख १४ । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेको छ ।

सिटीले घरेलु मैदानमा आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सिटीको जितमा केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालान्डले समान एक गोल गरे । आर्सनलका रोब होल्डिङले एक गोल फर्काए ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलको सातौं मिनेटमा ब्रुएनाको गोलबाट सिटीले गोलको खाता खोलेको थियो । उनले हालान्डको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोन स्टोन्सले ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ब्रुएनाले हालान्डकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो ।

८६औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हालान्डले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए ।

सिटीसँगको हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ । अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई ४ अंकले पछि पार्नेछ ।

Published Date: 27 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक