मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड

मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड : Icon Khabar

भक्तपुर, असोज १८ । भक्तपुरको सूर्यविनायकस्थित मन्टेसरी एजुकेशन स्कूलले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिँदै वृहत् अभिभावक भेला आयोजना गरेको छ।

शनिबार विद्यालयको सभाहलमा सम्पन्न भेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलामा विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र आगामी योजनाबारे अभिभावकलाई जानकारी गराइएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत प्रजापतिले विद्यालय स्थापनादेखि नयाँ भवनमा स्थानान्तरण हुँदासम्मको यात्राबारे जानकारी दिँदै समयअनुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीको आवश्यकता र रुचिअनुसार विद्यालयले नयाँ कार्यक्रम थप गर्दै जाने बताए।

विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिले पौष्टिक खाना, स्काउट, चित्रकला, नृत्य, संगीत, पब्लिक स्पिकिङलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिइन्। यस्ता गतिविधिले विद्यार्थीको पढाइसँगै व्यवहारिक तथा सिर्जनात्मक क्षमता विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।

विद्यालयकी कोर्डिनेटर बिन्द्रा गोसाईंले विद्यालयमा सञ्चालन भइरहेका गतिविधिले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक परिवर्तन ल्याइरहेको बताइन्। उनले अबाकस कक्षा तथा विद्यालयले अपनाउँदै आएको CAS (Continuous Assessment System) का बारेमा समेत अभिभावकलाई जानकारी गराइन्।

भेलामा सहभागी अभिभावकहरूले विद्यालयका शैक्षिक गतिविधि तथा विद्यार्थीको सिकाइ प्रक्रियासम्बन्धी विभिन्न जिज्ञासा र प्रश्न राखेका थिए। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख विष्णु देवी बासुकला, एकेडेमिक कोर्डिनेटर गीता शिलाकार तथा सञ्चालक सदस्य सरस्वती हाकुदुवाललगायतको उपस्थिति थियो।

Published Date: 04 October 2026


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै