काठमाडौं, कार्तिक १३ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको तथा सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएपछि निलम्बन गरिएको हो।
मन्त्रालयले सम्बन्धित पक्षलाई निर्देशन पालना गर्न आग्रह गर्दा पनि त्यसको कार्यान्वयन नभएकाले ऐनको दफा ६ (२) बमोजिम निलम्बनको निर्णय गरिएको जनाएको छ।
Published Date: 30 October 2026