एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने

एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने : Icon Khabar

काठमाडौं, कार्तिक १४  । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल अपराह्न ४:३० बजे सुरु हुने तालिका छ।

तर, विगत दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण आजका दुवै खेल प्रभावित हुन सक्ने सम्भावना छ। वर्षा जारी रहेमा खेल सञ्चालनमा कठिनाइ हुन सक्ने देखिएको छ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राइनोजले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन्। विराटनगरले भने खेलेका दुवै खेलमा पराजय भोगेको छ। यस्तै, सुदूरपश्चिम रोयल्सले एक खेलमा जित र अर्को खेलमा हार बेहोरेको छ।

Published Date: 31 October 2026
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक