क्रिकेटर लामिछानेद्वारा एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान कायम

क्रिकेटर लामिछानेद्वारा एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान कायम : Icon Khabar

काठमाडौं, वैशाख ९ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

एसीसी पुरुष प्रिमियर कपमा शुक्रबार ओमानविरुद्धको खेलमा आदिल शफिकको विकेट लिएपछि उनले यो उपलब्धि हासिल गरेका हुन् ।

लामिछानेले ४२ खेलमा १०० विकेट लिने कीर्तिमान पूरा गरेका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो जसले ४४ खेलमा १०० विकेट लिएका थिए ।

त्यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका छन् भने पाकिस्तानका सकलेन मुश्ताकले ५३ खेलमा १०० विकेट पुरा गरेका छन् ।

आफ्नो सफलताको खुसी मनाउँदै लामिछानेले आफ्नो फेसबुक पोस्टमा कीर्तिमान तोड्नै पर्ने बताएका छन् ।

“रेकर्डहरू तोड्नको लागि हो र म विश्वमा सबैभन्दा छिटो १०० ओडीआई विकेटको उपाधि हासिल गर्न पाउँदा गर्व गर्छु! यो उपलब्धि मेरो परिवार, समर्थकहरू, टोलीका साथीहरू र प्रशिक्षकहरूको अटल समर्थन बिना सम्भव थिएन जो मेरो यात्राभरि मेरो शक्तिको स्तम्भ थिए, ”उनले लेखे। “र, म मेरो क्षमताहरूमा कहिल्यै विश्वास नगुमाएकोमा र यो कोसेढुङ्गा हासिल गर्नको लागि आफूलाई सीमाभन्दा बाहिर धकेलिएकोमा म आफैलाई विशेष चिच्याउन चाहन्छु। यो ठूलो गर्व र कृतज्ञताको क्षण हो, र म भविष्यमा के हुन्छ भनेर हेर्न उत्साहित छु। ”

लामिछानेले सन् २०१८ मा नेदरल्यान्ड्स विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै एक विकेट लिएका थिए ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय