भक्तपुरको सुर्यविनायक नपाको सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त

भक्तपुरको सुर्यविनायक नपाको सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त : Icon Khabar
तस्बिर रविन्द्र सापकोटाको फेसबुकबाट साभार

भक्तपुर, वैशाख ९ । भक्तपुरको जिल्लाको सुर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ ।

यस नियुक्त गर्ने प्रक्रियामा विज्ञका रुपमा प्रा डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत,प्रा डा. सुशन आचार्य प्रा डा.प्रमिला राजभण्डारी ,डा बिष्णु कार्कीले भूमिका खेलेका थिए। सो विज्ञ कमिटिले शुक्रबार नगर प्रमुख बासुदेव थापा समक्ष नतिजा बुझाएको थियो । सोहि नतिजा मार्फत नगरपालिकाले ३२ जना प्रधानाध्यापक पाएको हो ।

शुक्रबार आयोजित नतिजा घोषणा कार्यक्रममा विज्ञ टोली सहित नगर प्रमुख थापा, उप प्रमुख सरिता भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कंडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा अध्यक्ष प्रदिप कार्की, सूचना अधिकारि अनिरूद्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबीच खुल्ला प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता