भक्तपुरको सुर्यविनायक नपाको सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त

भक्तपुरको सुर्यविनायक नपाको सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त : Icon Khabar
तस्बिर रविन्द्र सापकोटाको फेसबुकबाट साभार

भक्तपुर, वैशाख ९ । भक्तपुरको जिल्लाको सुर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ ।

यस नियुक्त गर्ने प्रक्रियामा विज्ञका रुपमा प्रा डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत,प्रा डा. सुशन आचार्य प्रा डा.प्रमिला राजभण्डारी ,डा बिष्णु कार्कीले भूमिका खेलेका थिए। सो विज्ञ कमिटिले शुक्रबार नगर प्रमुख बासुदेव थापा समक्ष नतिजा बुझाएको थियो । सोहि नतिजा मार्फत नगरपालिकाले ३२ जना प्रधानाध्यापक पाएको हो ।

शुक्रबार आयोजित नतिजा घोषणा कार्यक्रममा विज्ञ टोली सहित नगर प्रमुख थापा, उप प्रमुख सरिता भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कंडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा अध्यक्ष प्रदिप कार्की, सूचना अधिकारि अनिरूद्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबीच खुल्ला प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक नियुक्त गरेको हो ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय