नेपालगन्जमा कोभिड–१९ संक्रमणबाट एक जनाको मृत्यु

नेपालगन्जमा कोभिड–१९ संक्रमणबाट एक जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख ९ । नेपालगन्जको भेरी अस्पतालमा कोभिड–१९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–२ का ८६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । अप्रिल १४ मा उनी कोभिडबाट संक्रमित भएको पुष्टि भएको थियो। विगत एक सातादेखि उपचार गराइरहेका बिरामीलाई दमको समस्या रहेको बताइएको छ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय