भक्तपुरमा एक दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुरमा एक दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख ९ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुरमा एक दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएकोछ ।

संघका उपाध्यक्ष हरि बल्लले बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मनासिकताको विकास भएको बताउदै उनले सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औल्याए।

उनले तालिमबाट सिकेका ज्ञान सिप संस्थाको विकासका साथै व्यक्तिगत जिवनमा पनि प्रयोग गरी व्यक्तिगत उन्नती तथा प्रगति गर्नुपर्ने कुरा बताए ।

संघका सचिव एवं उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाका लागि बजार प्रतिनिधि नभई संस्थाको प्रतिनिधि रहेको बताए । उनले संस्थाको छवि निर्माणमा बजार प्रतिनिधिको महत्वपूर्ण भुमिका हुने चर्चा गर्दै तालिमले बजारमा सहकारीको सकारात्मक सन्देश प्रवाहा टेवा पुग्ने विचार व्यक्त गरे।

तालिम संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्दै हालको मन्दीको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताए । उनले हालको सहकारी समस्याको समाधान सदस्यलाई सहकारी शिक्षा र सबलिकरण गरी सदस्यबाटै खोज्नुपर्ने कुरा बताए।

तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुर्याएको बताए ।

तालिममा सदस्य संस्थामा कार्यरत २० जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Published Date: 22 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग