श्रीलंकाको मुद्रास्फीति घट्यो, खाद्यवस्तुको मूल्य पनि घट्यो

श्रीलंकाको मुद्रास्फीति घट्यो, खाद्यवस्तुको मूल्य पनि घट्यो : Icon Khabar

कोलम्बो, वैशाख ९ । श्रीलंकाको जनगणना र तथ्याङ्क विभागका अनुसार देशको मुद्रास्फीति मार्चमा ४९.२ प्रतिशतमा झरेको छ जुन यस वर्ष फेब्रुअरीमा ५३.६ प्रतिशत थियो । यो विवरण शुक्रबार सार्वजनिक गरेको हो ।

विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै यस अवधिमा खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैर खाद्य मुद्रास्फीति ५७.४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ । फेब्रुअरी महिनाको तुलनामा मार्चमा चामल, तरकारी, ताजा माछा, आलु, दाल, सुक्खा माछा, कुखुरा, मसलालगायत खाद्यवस्तुको मूल्य घटेको विभागले जनाएको छ ।

तर, नरिवल, अण्डा, नरिवलको तेल, हरियो चना, चामलको पिठो, चियालगायतका वस्तुको मूल्य भने बढेको छ। विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता र घरको मूल्य बढेको छ भने पानी, बिजुलीलगायतका उपयोगिताको मूल्य पनि बढेको छ ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय