श्रीलंकाको मुद्रास्फीति घट्यो, खाद्यवस्तुको मूल्य पनि घट्यो

श्रीलंकाको मुद्रास्फीति घट्यो, खाद्यवस्तुको मूल्य पनि घट्यो : Icon Khabar

कोलम्बो, वैशाख ९ । श्रीलंकाको जनगणना र तथ्याङ्क विभागका अनुसार देशको मुद्रास्फीति मार्चमा ४९.२ प्रतिशतमा झरेको छ जुन यस वर्ष फेब्रुअरीमा ५३.६ प्रतिशत थियो । यो विवरण शुक्रबार सार्वजनिक गरेको हो ।

विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै यस अवधिमा खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैर खाद्य मुद्रास्फीति ५७.४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ । फेब्रुअरी महिनाको तुलनामा मार्चमा चामल, तरकारी, ताजा माछा, आलु, दाल, सुक्खा माछा, कुखुरा, मसलालगायत खाद्यवस्तुको मूल्य घटेको विभागले जनाएको छ ।

तर, नरिवल, अण्डा, नरिवलको तेल, हरियो चना, चामलको पिठो, चियालगायतका वस्तुको मूल्य भने बढेको छ। विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता र घरको मूल्य बढेको छ भने पानी, बिजुलीलगायतका उपयोगिताको मूल्य पनि बढेको छ ।

Published Date: 22 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक