काठमाडौं, वैशाख ९ । काठमाडौंका सडकमा सेकुवा पोल्न प्रतिबन्ध लगाइएको छ ।
धुवाँले वायु प्रदूषण बढाउने भन्दै काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरी मार्फत सडकमा सेकुवा पकाउन निषेध गरेको छ ।
सुन्धारा, पुतलीसडक र सिनामंगल क्षेत्रका रेष्टुरेन्ट सञ्चालकले सेकुवाको धुवाँ सडकमा निस्किने गरी पकाउन बन्द गर्न महानगरपालिकाले जनाएको छ ।
यो नियम नमान्ने र सडकमा जथाभावी सेकुवा पोल्ने रेस्टुराँ सञ्चालकलाई महानगरले कारबाही गर्ने चेतावनी दिएको छ ।
श्रीलंकाको मुद्रास्फीति घट्यो, खाद्यवस्तुको मूल्य पनि घट्यो
उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई आयोगको निर्देशन