सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने

सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने : Icon Khabar
TourismMinistry

काठमाडौं, वैशाख ९ । सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने कार्यविधि बनाउन लागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार मन्त्रालयले मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरेको हो । पर्यटकीय सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० बनाएर पर्यटकीय सवारी साधनको व्यवस्थापन गर्ने मन्त्रालयको अवधारणा रहेको छ ।

समितिमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी साधनका प्रमुख, एकान्तकुना, काठमाडौं, प्रहरी उपरीक्षक, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं, नेपाल पर्यटन बोर्डका निर्देशक सदस्य रहनेछन् ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष, नेपाल पर्यटक बस संघका अध्यक्ष, पर्यटन विभागका निर्देशक, एयरपोर्ट एयर यात्रु यातायात सेवा लिमिटेडका अध्यक्षसमेत सदस्य रहनेछन् । पर्यटन मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाका उपसचिवले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)