सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने

सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने : Icon Khabar
TourismMinistry

काठमाडौं, वैशाख ९ । सरकारले हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पर्यटकमैत्री बनाउने कार्यविधि बनाउन लागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार मन्त्रालयले मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरेको हो । पर्यटकीय सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० बनाएर पर्यटकीय सवारी साधनको व्यवस्थापन गर्ने मन्त्रालयको अवधारणा रहेको छ ।

समितिमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी साधनका प्रमुख, एकान्तकुना, काठमाडौं, प्रहरी उपरीक्षक, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं, नेपाल पर्यटन बोर्डका निर्देशक सदस्य रहनेछन् ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष, नेपाल पर्यटक बस संघका अध्यक्ष, पर्यटन विभागका निर्देशक, एयरपोर्ट एयर यात्रु यातायात सेवा लिमिटेडका अध्यक्षसमेत सदस्य रहनेछन् । पर्यटन मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाका उपसचिवले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

Published Date: 22 April 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी