उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई आयोगको निर्देशन

उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई आयोगको निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख ९ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चितवन–२, बारा–१ र तनहुँ–१ मा भोलि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । जिल्लामा रहेका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था सञ्चालन गर्ने र एम्बुलेन्स र दमकललाई स्ट्यान्डबाइ राख्ने व्यवस्था मिलाउन माग गरेको छ ।

त्यसैगरी सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनका बेला आफ्ना सेवा प्रभावकारी र सहज बनाउन आग्रह गरिएको छ ।

उपनिर्वाचन स्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले धम्की दिएमा र काममा बाधा पुर्‍याए तत्काल कारबाही गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीले जिम्मेवारीभन्दा बाहिर भएर निर्वाचन प्रभावित गर्ने गतिविधि गरेको पाइएमा कारबाही गरिने समेत आयोगले जनाएको छ ।

निर्वाचन सम्बन्धी गतिविधिमा संलग्न सबैले कोरोनाजस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

हावाहुरी र वर्षाको सम्भावनालाई ध्यानमा राखी निर्वाचनसम्बन्धी सामग्रीको सुरक्षाका लागि तिरपाल र प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीय तह र स्थानीय तहका विपद् व्यवस्थापन केन्द्रलाई आग्रह गरेको छ ।

Published Date: 22 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक