उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई आयोगको निर्देशन

उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई आयोगको निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख ९ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चितवन–२, बारा–१ र तनहुँ–१ मा भोलि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । जिल्लामा रहेका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था सञ्चालन गर्ने र एम्बुलेन्स र दमकललाई स्ट्यान्डबाइ राख्ने व्यवस्था मिलाउन माग गरेको छ ।

त्यसैगरी सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनका बेला आफ्ना सेवा प्रभावकारी र सहज बनाउन आग्रह गरिएको छ ।

उपनिर्वाचन स्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले धम्की दिएमा र काममा बाधा पुर्‍याए तत्काल कारबाही गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीले जिम्मेवारीभन्दा बाहिर भएर निर्वाचन प्रभावित गर्ने गतिविधि गरेको पाइएमा कारबाही गरिने समेत आयोगले जनाएको छ ।

निर्वाचन सम्बन्धी गतिविधिमा संलग्न सबैले कोरोनाजस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

हावाहुरी र वर्षाको सम्भावनालाई ध्यानमा राखी निर्वाचनसम्बन्धी सामग्रीको सुरक्षाका लागि तिरपाल र प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीय तह र स्थानीय तहका विपद् व्यवस्थापन केन्द्रलाई आग्रह गरेको छ ।

Published Date: 22 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय