काठमाडौँ, पुष १७। भादगाउँले टोपी नेपालको एक परम्परागत टोपी हो। यस टोपीलाई बोलीचालीको भाषामा कालो टोपी पनि भनिन्छ । विशेषगरी नेवारी समुदायमा यस टोपीको परम्परागत महत्त्व रहँदै आएको छ।
इतिहास
भादगाउँले टोपी लगाउन कहिलेदेखी सुरु भयो भन्न यथेष्ट जानकारी नभएपनि पञ्चायत काल देखि नै महत्त्वपूर्ण सरकारी काम काजको क्षेत्रमा भादगाउँले टोपी लगाउने चलन चल्ती रहँदै आएको छ ।
सांस्कृतिक महत्त्व
भादगाउँले टोपी परम्परागत नेवारी पहिरनको एक महत्त्वपूर्ण अङ्ग हो । विशेष नेवारी वस्ती रहेको काठमाण्डौ उपत्यकाको भादगाउँ वा भक्तपुरमा बन्ने भएकाले पनि यस टोपीलाई भादगाउँले टोपी भनिने गरिन्छ ।
अन्तराष्ट्रिय टोपी दिवस
केहि वर्षयता अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तराष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | यस वर्ष ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर तेस्रो अन्तराष्ट्रिय टोपी दिवस मनाइरहेको पाइन्छ। ‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर आजपनि टोपी दिवस मनाइरहेको छ। – विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Published Date: 01 January 2023