काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?

काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ? : Icon Khabar

काठमाडौं, कार्तिक १५ । काठमाडौं महानगरपालिकाको आयोजनामा भइरहेको काठमाडौँ फिल्म फेस्टिभलमा कलाकारहरूलाई निमन्त्रणा गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। फेस्टिभलमा चलचित्र क्षेत्रमै लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कतिपय कलाकारले निमन्त्रणा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

फेस्टिभलमा सहभागी हुन निमन्त्रणा पाउने र नपाउने कलाकारबीचको विभाजनलाई लिएर अहिले सामाजिक सञ्जालमा समेत प्रश्न उठ्न थालेको छ। आखिर यस्तो कार्यक्रममा निमन्त्रणा पाउन कलाकारको योग्यता के हुनुपर्ने हो ? के कलाकारितामा पुर्‍याएको योगदान पर्याप्त हुँदैन, कि त्यसका लागि कुनै विशेष पहुँच र सम्बन्ध आवश्यक पर्छ ?

कलाकारिता क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई नै बेवास्ता गरेर आयोजना गरिने यस्ता कार्यक्रमले कला क्षेत्रको सम्मान र समावेशितामाथि प्रश्न खडा गरेको छ। चलचित्र निर्माण, अभिनय, प्राविधिक पक्ष तथा नयाँ कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई नै कार्यक्रममा स्थान नदिइनु विडम्बनापूर्ण भएको भन्दै आलोचना भइरहेको छ।

कलाकारलाई निमन्त्रणा गर्ने आधार उनीहरूको कला, योगदान र सिर्जनात्मक पहिचान हुनुपर्ने हो। तर आफ्ना निकट व्यक्ति वा पहुँचमा रहेकालाई प्राथमिकता दिने र वास्तविक योगदानकर्तालाई छुटाउने प्रवृत्ति देखिएमा त्यस्तो आयोजनाको औचित्यमाथि नै प्रश्न उठ्नु स्वाभाविक हो।

कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने फिल्म फेस्टिभल आफैँमा समावेशी र सम्मानजनक हुनुपर्ने हो। कलाकारलाई सम्मान गर्ने मञ्चमै कलाकारले विभेद महसुस गर्नुपर्ने अवस्था आउनु आयोजकका लागि गम्भीर आत्मसमीक्षाको विषय हो।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको यस फेस्टिभलमा निमन्त्रणा वितरणको आधार र प्रक्रिया के थियो भन्नेबारे आयोजकले स्पष्ट पार्न आवश्यक देखिन्छ। चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई समान सम्मान र अवसर दिन नसकिए कला क्षेत्रको प्रवर्द्धनको उद्देश्य नारामै सीमित हुने खतरा रहन्छ।

प्रश्न निमन्त्रणा पाउने वा नपाउनेको मात्र होइन, कलाकारको सम्मान र योगदानको मूल्यांकन गर्ने आधार के हो भन्ने पनि हो। आखिर कला क्षेत्रको पहिचान बनाउने कलाकार हुन् कि उनीहरूसँगको पहुँच र सम्बन्ध ?

Published Date: 01 November 2026
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?