चिनियाँ र रूसी रास्ट्रपतिद्वारा नयाँ बर्षको शुभकामना

चिनियाँ र रूसी रास्ट्रपतिद्वारा नयाँ बर्षको शुभकामना : Icon Khabar
तस्बिर: रोइटर्स

बेइजिङ्ग, पुष १७। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना सन्देश आदान-प्रदान गरेका छन्।

चीन सरकार र चिनियाँ जनताको तर्फबाट राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिन र रूसी जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। उनले सन् २०२२ असाधारण वर्ष नभएको भन्नुका साथै अन्तर्राष्ट्रिय परिस्थितिको तीव्र परिवर्तन र विश्वव्यापी महामारीको निरन्तर फैलावटको वातावरणमा चीन-रूस सम्बन्धको सधैं स्वस्थ र स्थिर विकास हुँदैआएको कुरा औंल्याए।

राष्ट्रपति पुटिनले सी चिनफिङलाई नयाँ वर्षको हार्दिक शुभकामना दिँदै मैत्रीपूर्ण चिनियाँ जनताको सुख र समृद्धिको कामना गरेका छन्। पुटिनले विगत वर्ष रूस–चीनबीचको बृहत्तर रणनीतिक साझेदारी सम्बन्ध सुदृढ हुँदैआएको र सो सम्बन्धको विकास बलियो देखाउनुका साथै बाहिरी चुनौतीको सामना गर्नसक्ने कुरा पनि औंल्याए। -(रासस – सिन्हवा)

Published Date: 01 January 2023
ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय