चिनियाँ र रूसी रास्ट्रपतिद्वारा नयाँ बर्षको शुभकामना

चिनियाँ र रूसी रास्ट्रपतिद्वारा नयाँ बर्षको शुभकामना : Icon Khabar
तस्बिर: रोइटर्स

बेइजिङ्ग, पुष १७। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना सन्देश आदान-प्रदान गरेका छन्।

चीन सरकार र चिनियाँ जनताको तर्फबाट राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिन र रूसी जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। उनले सन् २०२२ असाधारण वर्ष नभएको भन्नुका साथै अन्तर्राष्ट्रिय परिस्थितिको तीव्र परिवर्तन र विश्वव्यापी महामारीको निरन्तर फैलावटको वातावरणमा चीन-रूस सम्बन्धको सधैं स्वस्थ र स्थिर विकास हुँदैआएको कुरा औंल्याए।

राष्ट्रपति पुटिनले सी चिनफिङलाई नयाँ वर्षको हार्दिक शुभकामना दिँदै मैत्रीपूर्ण चिनियाँ जनताको सुख र समृद्धिको कामना गरेका छन्। पुटिनले विगत वर्ष रूस–चीनबीचको बृहत्तर रणनीतिक साझेदारी सम्बन्ध सुदृढ हुँदैआएको र सो सम्बन्धको विकास बलियो देखाउनुका साथै बाहिरी चुनौतीको सामना गर्नसक्ने कुरा पनि औंल्याए। -(रासस – सिन्हवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2023
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न