आज अंग्रेजी नयाँ बर्ष २०२३ को पहिलो दिन

आज अंग्रेजी नयाँ बर्ष २०२३ को पहिलो दिन : Icon Khabar
Photo Courtesy: World Class Travel

काठमाडौँ, पुष १७।  इस्वी सम्वत् ग्रेगोरियन क्यालेन्डर वा क्रिश्चियन क्यालेन्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको आरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ । आज संसारभर यो नयाँ बर्ष को पहिलो दिन लाइ हर्सो उलाह्स का साथ् मनाइदैछ।

इस्वी सम्बत’रको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ।

यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो।

यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

नयाँ बर्ष सन् २०२३ को उपलक्ष्यमा सम्पूर्णमा शुभकामना।

Published Date: 01 January 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी