काठमाडौं, चैत २९ । नेपालमा बुधबार थप १२१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ८१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ का लागि एकै दिन दुई हजार ३७७ स्वाब नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५८ पीसीआर र ६३ एन्टिजेन परीक्षणमा घातक भाइरस पोजेटिभ देखिएको हो ।
हाल देशभर कोभिड-१९ का ४४५ सक्रिय केसहरू छन्। तीमध्ये २५ जना संस्थागत आइसोलेसनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज पनि लिन आग्रह गरेको छ।
Published Date: 12 April 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1