सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर  २ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।

Published Date: 18 November 2026
Website | + posts






ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?