काठमाडौं, चैत २९ । आर्थिक वर्ष २०२२/२३ को पहिलो आठ महिनामा वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिमा ८२.९ प्रतिशतले बढेको तुलनामा २९.१ प्रतिशतले घटेर १०४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हालको समष्टिगत आर्थिक अवस्थाबारे हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गन्तव्यअनुसार भारत र चीनतर्फको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा जस्तापाता, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने भटमासको तेल, पाम आयल, आयल केक, कपडा, चाँदीका भाँडा तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।
Published Date: 12 April 2023
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1