भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ : Icon Khabar

भक्तपुर, मंसिर ९ । भक्तपुरमा फैसला कार्यान्वयनका क्रममा फरार रहेका ७ जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ मंसिर ८ गते जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ४ जना बैंकिङ कसुर र ३ जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र २ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने चेक अनादर मुद्दामा २ वर्ष कैद र १ हजार ५०० रुपैयाँ जरिवाना तथा ५८ लाख रुपैयाँ बिगो कायम भएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

स्रोत: जिल्ला प्रहरी परिसर भक्तपुरको प्रेस विज्ञप्ति, मिति २०८३/०८/०८

Published Date: 25 November 2026
Website | + posts




ताजा
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका फरार ७ जना पक्राउ
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ