‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा

‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा : Icon Khabar

भक्तपुर, मंसिर १ । मोडर्न स्कूल/कलेज, सिर्जनानगर भक्तपुर–१ को आयोजनामा ‘वाक ग्रिन, किप इट क्लिन’ भन्ने नारासहित भक्तपुरको बोकाचो गढीमा उद्देश्यपूर्ण पदयात्रा सम्पन्न भएको छ।

आइतबार सम्पन्न पदयात्रामा कक्षा ११ र १२ मा अध्ययनरत मिस्टर एण्ड मिस मोडर्न २०८३ का सम्पूर्ण प्रतिस्पर्धी तथा मिस्टर एण्ड मिस मोडर्न २०८३ सिनियर्सका विजेता र टाइटल होल्डर विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

‘हरियालीका लागि हिँडौँ, सफा राखौँ’ भन्ने सन्देशसहित आयोजना गरिएको पदयात्राको मुख्य उद्देश्य युवापुस्तामा वातावरण संरक्षण, सरसफाइ तथा जिम्मेवार पर्यटनप्रति सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

पदयात्राका क्रममा विद्यार्थीहरूलाई प्रकृतिसँग नजिकिँदै वातावरणीय संरक्षणको महत्त्व बुझाउनुका साथै प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र सरसफाइमा आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत गराइएको थियो।

यस कार्यक्रमले युवाहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै वातावरण संरक्षण सबैको साझा दायित्व हो भन्ने सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।

यस्ता व्यावहारिक तथा रचनात्मक गतिविधिले विद्यार्थीहरूलाई वातावरणप्रति सचेत, जिम्मेवार र सामाजिक रूपमा सक्रिय नागरिकका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

Published Date: 17 November 2026
Website | + posts






ताजा
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?