अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न

अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक ३०। निओ फ्युजन ओपन रोभर/रेन्जर क्र्यु भक्तपुर नेपालको आयोजनामा सञ्चालित दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प २०८३ ककनीस्थित स्काउट तालिम केन्द्रमा सम्पन्न भएको छ। दुई रात तीन दिनसम्म सञ्चालन भएको क्याम्पमा भक्तपुरका ६ वटा विद्यालयका करिब २०० जना विद्यार्थी सहभागी भएका थिए।

क्याम्पको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्काउटिङलाई अनुशासन, आत्मनिर्भरता र सेवाभाव विकास गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे। स्काउट तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभव जीवनभर उपयोगी हुने बताउँदै उनले स्काउटिङले असल, जिम्मेवार र सहयोगी नागरिक निर्माणमा योगदान पुर्‍याउने धारणा राखे।

स्काउटिङ केवल तालिम र मनोरञ्जनमा सीमित नभई समाजसेवाको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै प्रजापतिले समाजमा रहेका विकृति, विसङ्गति र समस्याको समाधानमा युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिए। विपद् तथा कठिन परिस्थितिमा सहयोग गर्ने, अरूको सेवामा समर्पित हुने र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने भावना स्काउटिङले विकास गर्ने उनको भनाइ थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले सहभागीहरूलाई धन्यवाद दिँदै स्काउटिङलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिए। स्काउटिङ आफ्नो व्यक्तिगत विकासका लागि मात्र नभई अरूलाई सहयोग पुर्‍याउने माध्यमसमेत भएको उनले बताए।

स्काउटर नर्स सुजाता कुतुवाले ठूलो क्याम्पमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै स्काउटिङबाट जीवनोपयोगी ज्ञान र सीप हासिल गर्न सकिने बताइन्। त्यस्तै, रोभर रेन्जर राजीव गपीले क्याम्पले पुस्तकमा मात्र सीमित नभई व्यावहारिक ज्ञान र सीप सिक्ने अवसर प्रदान गरेको बताए।

ब्वाइज स्काउट प्रतिनिधि जेसीज् सेकेन्डरी स्कूलका विद्यार्थी रचन कोजूले क्याम्पमा सहभागी भएर विभिन्न नयाँ ज्ञान, सीप तथा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त भएको बताए। उनले यस्तो महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकप्रति आभार व्यक्त गर्दै क्याम्पमा सहभागी हुने अवसर उपलब्ध गराएकोमा विद्यालयका प्रधानाध्यापक जयराम गोर्खालीप्रति विशेष धन्यवाद व्यक्त गरे।

क्र्युका सदस्य न्हुज किजूले क्याम्प आयोजना गर्नुको उद्देश्यबारे जानकारी दिँदै दुई रात तीन दिनको अवधिमा रोभर, रेन्जर तथा विद्यालयका स्काउटरहरूले विभिन्न ज्ञान, सीप र अनुभव हासिल गरेको बताए।

क्याम्प चिफ सबिन लेबाले क्याम्प सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, स्काउटर, स्वयंसेवक, सहभागी विद्यार्थी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे।

समापन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले क्याम्पमा सहभागी विद्यार्थी तथा रोभर रेन्जरहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। क्याम्पले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, आत्मनिर्भरता, सहकार्य र सामाजिक सेवाको भावना विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Published Date: 16 November 2026
Website | + posts






ताजा
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?