आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू

आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू : Icon Khabar

काठमाडौं, मंसिर १ । आजदेखि काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले ऐन लागू गरेको हो।

ऐन कार्यान्वयनको सुरुवात काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट मासु जाँच तथा छाप लगाउने प्रक्रियासहित गरिएको छ।

सरकारले ऐनलाई तीन चरणमा लागू गर्ने योजना बनाएको छ। आगामी १ माघदेखि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा २०८४ साउन १ देखि देशभरका बाँकी गाउँपालिकामा ऐन कार्यान्वयन गरिनेछ।

उपत्यकाका सबै स्थानीय तहमा पूर्ण कार्यान्वयनका लागि २४० मासु निरीक्षक र १२ वटा कार्यदल परिचालन गर्ने तयारी गरिएको छ।छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस

Published Date: 17 November 2026
Website | + posts






ताजा
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?