निर्वाचन आयोगद्वारा उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति प्रदान

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति प्रदान : Icon Khabar

काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति दिएको छ ।

आयोगले आज जारी गरेको सूचनामा निर्वाचन पर्यवेक्षण निर्देशन–२०७९ बमोजिम पर्यवेक्षणका लागि निवेदन दिने सात संस्थामध्ये छ वटा छनोट भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पर्यवेक्षणका लागि तोकिएको प्रक्रिया पूरा गर्ने आधारमा छनोट गरिएको हो ।

अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, इन्सेक, सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, पूर्व न्यायाधीश मञ्च नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

उक्त दिन बारा–२, तनहुँ–२ र चितवन–२ मा हुने उपनिर्वाचनको अवलोकन गर्न यी छनोट भएका संस्थाबाट सिफारिस भएका व्यक्तिहरूलाई अनुमति दिइनेछ ।

Published Date: 12 April 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय