निर्वाचन आयोगद्वारा उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति प्रदान

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति प्रदान : Icon Khabar

काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको निर्वाचन पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति दिएको छ ।

आयोगले आज जारी गरेको सूचनामा निर्वाचन पर्यवेक्षण निर्देशन–२०७९ बमोजिम पर्यवेक्षणका लागि निवेदन दिने सात संस्थामध्ये छ वटा छनोट भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पर्यवेक्षणका लागि तोकिएको प्रक्रिया पूरा गर्ने आधारमा छनोट गरिएको हो ।

अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, इन्सेक, सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, पूर्व न्यायाधीश मञ्च नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

उक्त दिन बारा–२, तनहुँ–२ र चितवन–२ मा हुने उपनिर्वाचनको अवलोकन गर्न यी छनोट भएका संस्थाबाट सिफारिस भएका व्यक्तिहरूलाई अनुमति दिइनेछ ।

Published Date: 12 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक