रास्वपा अध्यक्ष लामिछानेविरुद्ध चार उजुरी

रास्वपा अध्यक्ष लामिछानेविरुद्ध चार उजुरी : Icon Khabar

काठमाडौं, चैत २२ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि पुनः उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

उम्मेदवार र तिनका प्रतिनिधिबाट तीनवटा उजुरी परेको छ भने एउटा उजुरी अधिवक्ता युवराज पौडेलले इमेलमार्फत दिएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।

नेपालको नागरिकता पाएको ९० दिनपछि मात्रै उम्मेदवार बन्न पाउने कानुनले लामिछानेलाई उम्मेदवार बनाइदिने वैधानिकतालाई उजुरीकर्ताले चुनौती दिएका छन् ।

बुधबार दिउँसो ३ बजेसम्म परेका उजुरीमाथि छलफल गरी निर्णय गरिने आचार्यले जानकारी दिए । उपनिर्वाचनका लागि १२ राजनीतिक दलसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गत मंसिर ४ गते निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि चितवनमा उपनिर्वाचन हुन लागेको हो ।

Published Date: 05 April 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय