रास्वपा अध्यक्ष लामिछानेविरुद्ध चार उजुरी

रास्वपा अध्यक्ष लामिछानेविरुद्ध चार उजुरी : Icon Khabar

काठमाडौं, चैत २२ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि पुनः उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

उम्मेदवार र तिनका प्रतिनिधिबाट तीनवटा उजुरी परेको छ भने एउटा उजुरी अधिवक्ता युवराज पौडेलले इमेलमार्फत दिएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।

नेपालको नागरिकता पाएको ९० दिनपछि मात्रै उम्मेदवार बन्न पाउने कानुनले लामिछानेलाई उम्मेदवार बनाइदिने वैधानिकतालाई उजुरीकर्ताले चुनौती दिएका छन् ।

बुधबार दिउँसो ३ बजेसम्म परेका उजुरीमाथि छलफल गरी निर्णय गरिने आचार्यले जानकारी दिए । उपनिर्वाचनका लागि १२ राजनीतिक दलसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गत मंसिर ४ गते निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि चितवनमा उपनिर्वाचन हुन लागेको हो ।

Published Date: 05 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक