काठमाडौँ, चैत २२ । बुधबार सुन तोलामा नै २,००० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भैरहेको छ। तेजाबी सुन पनि आज प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली सुनको इतिहासमा नै उच्च कारोबार मूल्य हो ।
पछिल्लाे पटक सुन चैत ५ गते, सुन प्रतिताेला एक लाख १० हजार रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकाे थियाे ।
बुधबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच हुँदैछ ।
Published Date: 05 April 2023