इम्बोस्ड नम्बर प्लेट अब अंग्रेजी र नेपाली दुवैमा लेख्न सकिने

इम्बोस्ड नम्बर प्लेट अब अंग्रेजी र नेपाली दुवैमा लेख्न सकिने : Icon Khabar

काठमाडौं, चैत २२ । सरकारले सवारीसाधनमा लगाइने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषामा पनि लेख्न आवश्यक व्यवस्था गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ लाई संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यसका साथै इम्बोस्ड नम्बर प्लेटहरू देवनागरी र अंग्रेजी दुवै लिपिमा लेख्न सकिन्छ। लामो समयदेखि विवाद र बहसको विषय बनेको यो विषय सरकारले सोमबार समाधान गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी अक्षर र नम्बरहरू देवनागरी लिपिमा लेख्न पाउने व्यवस्था संशोधन गरिएको बताइन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्न पाउने कानुनी व्यवस्था मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने