इम्बोस्ड नम्बर प्लेट अब अंग्रेजी र नेपाली दुवैमा लेख्न सकिने

इम्बोस्ड नम्बर प्लेट अब अंग्रेजी र नेपाली दुवैमा लेख्न सकिने : Icon Khabar

काठमाडौं, चैत २२ । सरकारले सवारीसाधनमा लगाइने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषामा पनि लेख्न आवश्यक व्यवस्था गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ लाई संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यसका साथै इम्बोस्ड नम्बर प्लेटहरू देवनागरी र अंग्रेजी दुवै लिपिमा लेख्न सकिन्छ। लामो समयदेखि विवाद र बहसको विषय बनेको यो विषय सरकारले सोमबार समाधान गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी अक्षर र नम्बरहरू देवनागरी लिपिमा लेख्न पाउने व्यवस्था संशोधन गरिएको बताइन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्न पाउने कानुनी व्यवस्था मिलाइएको बताए ।

Published Date: 05 April 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै