करको दायरा बढाउन अर्थमन्त्रीलाई नेपाल चेम्बरको आग्रह

करको दायरा बढाउन अर्थमन्त्रीलाई नेपाल चेम्बरको आग्रह : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल चेम्बर अफ कमर्शले करको दायरा फराकिलो बनाउन अर्थमन्त्री डा प्रकाशशरण महतलाई आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्रीलाई भेटेर करको दायरा फराकिलो गरी राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाव दिएको थियो ।

‘करको दर बढाउनुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकता प्रमाणपत्रसँगै प्यान कार्ड दिने व्यवस्था मिलाउनुपर्छ’, चेम्बरले भन्यो ।

मल्लले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने र बीजक माग्ने र दिने व्यवस्था अनिवार्य हुनुपर्ने बताए ।

चेम्बर अध्यक्षले अर्थतन्त्रलाई उत्प्रेरित गर्न चाँडोभन्दा चाँडो एकल ब्याजदर निर्धारण गर्न पनि आग्रह गरे। उनले तरलता अभाव व्यवस्थापन गर्न पुँजीगत खर्चको समयसीमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव दिए ।

चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकमा अर्थमन्त्री डा महतले सरकारले पछिल्लो आर्थिक अवस्थालाई गम्भीरतापूर्वक लिएको र बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर र सरोकारवाला निकायका सचिवहरुका साथै राजस्व असुली लक्ष्य पूरा नहुने विषयमा भन्सार अधिकारीसँग पनि परामर्श गरिरहेको उनले बताए ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरे ।

Published Date: 05 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु