करको दायरा बढाउन अर्थमन्त्रीलाई नेपाल चेम्बरको आग्रह

करको दायरा बढाउन अर्थमन्त्रीलाई नेपाल चेम्बरको आग्रह : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल चेम्बर अफ कमर्शले करको दायरा फराकिलो बनाउन अर्थमन्त्री डा प्रकाशशरण महतलाई आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्रीलाई भेटेर करको दायरा फराकिलो गरी राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाव दिएको थियो ।

‘करको दर बढाउनुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकता प्रमाणपत्रसँगै प्यान कार्ड दिने व्यवस्था मिलाउनुपर्छ’, चेम्बरले भन्यो ।

मल्लले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने र बीजक माग्ने र दिने व्यवस्था अनिवार्य हुनुपर्ने बताए ।

चेम्बर अध्यक्षले अर्थतन्त्रलाई उत्प्रेरित गर्न चाँडोभन्दा चाँडो एकल ब्याजदर निर्धारण गर्न पनि आग्रह गरे। उनले तरलता अभाव व्यवस्थापन गर्न पुँजीगत खर्चको समयसीमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव दिए ।

चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकमा अर्थमन्त्री डा महतले सरकारले पछिल्लो आर्थिक अवस्थालाई गम्भीरतापूर्वक लिएको र बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर र सरोकारवाला निकायका सचिवहरुका साथै राजस्व असुली लक्ष्य पूरा नहुने विषयमा भन्सार अधिकारीसँग पनि परामर्श गरिरहेको उनले बताए ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू