सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु : Icon Khabar

सिक्किम, चैत २२ । सिक्किमको गान्तोक–नाथुला सडकखण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । अन्य करिब एक दर्जन घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीले जानकारी दिए । अन्य मृत्यु हुनेहरू भारतको कोलकाता लगायत उत्तर प्रदेश र पश्चिम बंगालका केही भागका छन्।

गान्तोक जिल्लाका कलेक्टरले जारी गरेको मृतक र घाइतेको सूचीमा तीन नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको उल्लेख छ । घाइते हुनेमा ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीय ज्योति गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेका छन् । उनीहरुको ठेगानामा ‘नेपाल’ मात्र लेखिएको र अस्पतालमा भर्ना भएको उल्लेख छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो साढे १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरू सडकमा हिमपहिरो खसेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार हिमपहिरोमा २०–३० पर्यटकसहित पाँचदेखि छवटा गाडी पुरिएको आशंका गरिएको छ ।

त्यस्तै १४ जनालाई उद्धार गरी नजिकैको सैनिक शिविरमा लगिएको छ । ती मध्ये सात जनाको मृत्यु भयो र सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काइयो, भारतीय सेनाले एक विज्ञप्तिमा भन्यो।

चीनको सिमानामा रहेको नाथुला भारतको महत्वपूर्ण हिमालयन पासमध्ये एक हो। यो क्षेत्र, जुन पर्यटकीय गन्तव्य पनि हो, गान्तोकबाट करिब ५५ किलोमिटर टाढा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)