सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु : Icon Khabar

सिक्किम, चैत २२ । सिक्किमको गान्तोक–नाथुला सडकखण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । अन्य करिब एक दर्जन घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीले जानकारी दिए । अन्य मृत्यु हुनेहरू भारतको कोलकाता लगायत उत्तर प्रदेश र पश्चिम बंगालका केही भागका छन्।

गान्तोक जिल्लाका कलेक्टरले जारी गरेको मृतक र घाइतेको सूचीमा तीन नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको उल्लेख छ । घाइते हुनेमा ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीय ज्योति गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेका छन् । उनीहरुको ठेगानामा ‘नेपाल’ मात्र लेखिएको र अस्पतालमा भर्ना भएको उल्लेख छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो साढे १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरू सडकमा हिमपहिरो खसेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार हिमपहिरोमा २०–३० पर्यटकसहित पाँचदेखि छवटा गाडी पुरिएको आशंका गरिएको छ ।

त्यस्तै १४ जनालाई उद्धार गरी नजिकैको सैनिक शिविरमा लगिएको छ । ती मध्ये सात जनाको मृत्यु भयो र सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काइयो, भारतीय सेनाले एक विज्ञप्तिमा भन्यो।

चीनको सिमानामा रहेको नाथुला भारतको महत्वपूर्ण हिमालयन पासमध्ये एक हो। यो क्षेत्र, जुन पर्यटकीय गन्तव्य पनि हो, गान्तोकबाट करिब ५५ किलोमिटर टाढा छ।

Published Date: 05 April 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै