राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकहरुलाई रातको समयमा पनि हेल्पडेस्क सञ्चालन गर्न निर्देशन

राष्ट्र बैंकद्वारा  बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकहरुलाई रातको समयमा पनि हेल्पडेस्क सञ्चालन गर्न निर्देशन : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकले कार्ड प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थालाई २४सै घण्टा हेल्पडेस्क सञ्चालन गर्न निर्देशन दिएको छ ।

डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धन गर्ने लक्ष्य राख्दै राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । भुक्तानी सेवा प्रदायकहरूलाई आफ्ना ग्राहकहरूको गुनासो तुरुन्तै सम्बोधन गर्न प्रत्येक दिन कम्तीमा १६ घण्टा (बिहान ६ बजेदेखि राति १० बजेसम्म) आफ्नो नोडल सेवाहरू सञ्चालन गर्न पनि भनिएको छ।

सेवाग्राहीले डिजिटल कारोबार बन्द हुँदा हुने झन्झटको गुनासो बढ्दै गएको बेला राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई आफ्ना ग्राहकहरूको गुनासो लिन तोकिएका नोडल अफिसरहरूको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सर्वसाधारणलाई नगदरहित कारोबार प्रणालीको प्रयोग बढाउन पनि सुझाव दिएको छ । यसले डिजिटल कारोबारका लागि QR कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र विभिन्न प्रकारका कार्डहरूको प्रयोगलाई सहजीकरण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता