राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकहरुलाई रातको समयमा पनि हेल्पडेस्क सञ्चालन गर्न निर्देशन

राष्ट्र बैंकद्वारा  बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकहरुलाई रातको समयमा पनि हेल्पडेस्क सञ्चालन गर्न निर्देशन : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकले कार्ड प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थालाई २४सै घण्टा हेल्पडेस्क सञ्चालन गर्न निर्देशन दिएको छ ।

डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धन गर्ने लक्ष्य राख्दै राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । भुक्तानी सेवा प्रदायकहरूलाई आफ्ना ग्राहकहरूको गुनासो तुरुन्तै सम्बोधन गर्न प्रत्येक दिन कम्तीमा १६ घण्टा (बिहान ६ बजेदेखि राति १० बजेसम्म) आफ्नो नोडल सेवाहरू सञ्चालन गर्न पनि भनिएको छ।

सेवाग्राहीले डिजिटल कारोबार बन्द हुँदा हुने झन्झटको गुनासो बढ्दै गएको बेला राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई आफ्ना ग्राहकहरूको गुनासो लिन तोकिएका नोडल अफिसरहरूको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सर्वसाधारणलाई नगदरहित कारोबार प्रणालीको प्रयोग बढाउन पनि सुझाव दिएको छ । यसले डिजिटल कारोबारका लागि QR कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र विभिन्न प्रकारका कार्डहरूको प्रयोगलाई सहजीकरण गर्दै आएको छ।

Published Date: 05 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु