राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सीलगायतका अवैध कारोबार गैरकानुनी

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सीलगायतका अवैध कारोबार गैरकानुनी : Icon Khabar

काठमाडौं, चैत २१ । नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ र हाइपर फण्डमा गरेको लगानी गैरकानुनी भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्ता लगानीलाई नेपालमा कानुनी मान्यता नपाएको र सरकारबाट ग्यारेन्टी पनि बैंकले जारी नगरेको र कुनै किसिमको सुरक्षासमेत नभएको जनाएको छ ।

केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै विदेशी विनिमय (नियमन) ऐन, २०१९ र विदेशी लगानी निषेध ऐन, २०२१ बमोजिम यस्तो कारोबार गैरकानूनी भएको बताएको छ ।

“भर्चुअल मुद्रा/क्रिप्टो मुद्रा (सिक्का), नन फन्जिबल टोकन, नेपालमा विदेशी मुद्रा वा मुद्राको रूपमा विकेन्द्रीकृत वित्तले कानुनी मान्यता पाएको छैन,” राष्ट्र बैंकले भन्यो।

साथै केन्द्रीय बैंकले यस्तो कारोवारमा सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा लगानी, जालसाजी, कर छली, लगानी असुरक्षा, पूँजी उडान, मूल्य अस्थिरता र उतारचढाव, सट्टा सम्वन्धी जोखिम रहेको जनाएको छ ।

यसबाहेक, केन्द्रीय बैंकले पिरामिडमा आधारित नेटवर्क मार्केटिङ र हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण र आतङ्ककारी गतिविधि, जालसाजी, कर छली, लगानी असुरक्षा, पूँजी उडान, मूल्य अस्थिरता र उतार-चढाव र अनुमान सम्बन्धी जोखिमहरू निहित रहेको बताएको छ।

नेपाल राष्ट्र बैंकले नेपालमा रहेका नेपाली तथा विदेशी नागरिक लगायत नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक र नेपालमा दर्ता भएका तर नेपाल बाहिर सञ्चालित व्यवसायीले विदेशमा लगानी भएको कुनै पनि प्रकारको व्यवसाय गर्न नपाउने बताएको छ ।

Published Date: 04 April 2023








ताजा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा
बिहिबार नेप्से परिसूचक ५.७३ अंकले घट्यो
सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्मको बाटो बनाउने काम सम्पन्न
मनोहरा नदीको धार परिवर्तनले ११५ रोपनी जग्गा सरेको, मिलान प्रक्रिया अघि बढ्दै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा