राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सीलगायतका अवैध कारोबार गैरकानुनी

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सीलगायतका अवैध कारोबार गैरकानुनी : Icon Khabar

काठमाडौं, चैत २१ । नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ र हाइपर फण्डमा गरेको लगानी गैरकानुनी भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्ता लगानीलाई नेपालमा कानुनी मान्यता नपाएको र सरकारबाट ग्यारेन्टी पनि बैंकले जारी नगरेको र कुनै किसिमको सुरक्षासमेत नभएको जनाएको छ ।

केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै विदेशी विनिमय (नियमन) ऐन, २०१९ र विदेशी लगानी निषेध ऐन, २०२१ बमोजिम यस्तो कारोबार गैरकानूनी भएको बताएको छ ।

“भर्चुअल मुद्रा/क्रिप्टो मुद्रा (सिक्का), नन फन्जिबल टोकन, नेपालमा विदेशी मुद्रा वा मुद्राको रूपमा विकेन्द्रीकृत वित्तले कानुनी मान्यता पाएको छैन,” राष्ट्र बैंकले भन्यो।

साथै केन्द्रीय बैंकले यस्तो कारोवारमा सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा लगानी, जालसाजी, कर छली, लगानी असुरक्षा, पूँजी उडान, मूल्य अस्थिरता र उतारचढाव, सट्टा सम्वन्धी जोखिम रहेको जनाएको छ ।

यसबाहेक, केन्द्रीय बैंकले पिरामिडमा आधारित नेटवर्क मार्केटिङ र हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण र आतङ्ककारी गतिविधि, जालसाजी, कर छली, लगानी असुरक्षा, पूँजी उडान, मूल्य अस्थिरता र उतार-चढाव र अनुमान सम्बन्धी जोखिमहरू निहित रहेको बताएको छ।

नेपाल राष्ट्र बैंकले नेपालमा रहेका नेपाली तथा विदेशी नागरिक लगायत नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक र नेपालमा दर्ता भएका तर नेपाल बाहिर सञ्चालित व्यवसायीले विदेशमा लगानी भएको कुनै पनि प्रकारको व्यवसाय गर्न नपाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने