टिभिएसले ल्यायो नयाँ बर्षका लागि विभिन्न आकर्षक अफर

टिभिएसले ल्यायो नयाँ बर्षका लागि विभिन्न आकर्षक अफर : Icon Khabar

काठमाडौँ, चैत २१ । टिभिएसले नयाँ बर्षमा आकर्षक अफरहरु लिएर आएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरुमाझ राम्रो प्रभाव पर्दै आएको छ ।

स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै आएको ब्राण्ड हो ।

यस नयाँ बर्षको अवसरमा टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८००० को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु ५००० मुल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ ।

त्यसका साथै 0 % ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि, नेपालका लागि टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्ड मध्यको एक हो।

Published Date: 04 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक