सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु : Icon Khabar

काठमाडौं, चैत २१ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

पर्यटक प्रहरी कार्यालय लुक्लाका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटेका ६३ वर्षीय भ्यालेन्स फिलिप थोमसको सोमबार मृत्यु भएको हो । आइतबार रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलमा ओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने तयारी गरिरहेका थिए ।

हिड्ने क्रममा उकालो बाटोमा खसेको र उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

नेपाली पथप्रदर्शक योगबहादुर कार्कीको नेतृत्वमा थोमससहित तीन अष्ट्रेलियाली नागरिक लुक्लाबाट मेरा पिक हुँदै संखुवासभाको तुम्लिङटारतर्फ गएका थिए ।

शव स्वदेश ल्याउनका लागि कानुनी प्रक्रिया पूरा भएको छ । उनको शव मंगलबार हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 04 April 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु