सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु : Icon Khabar

काठमाडौं, चैत २१ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

पर्यटक प्रहरी कार्यालय लुक्लाका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटेका ६३ वर्षीय भ्यालेन्स फिलिप थोमसको सोमबार मृत्यु भएको हो । आइतबार रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलमा ओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने तयारी गरिरहेका थिए ।

हिड्ने क्रममा उकालो बाटोमा खसेको र उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

नेपाली पथप्रदर्शक योगबहादुर कार्कीको नेतृत्वमा थोमससहित तीन अष्ट्रेलियाली नागरिक लुक्लाबाट मेरा पिक हुँदै संखुवासभाको तुम्लिङटारतर्फ गएका थिए ।

शव स्वदेश ल्याउनका लागि कानुनी प्रक्रिया पूरा भएको छ । उनको शव मंगलबार हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 04 April 2023
Website | + posts




















ताजा
लगातारको वर्षापछि भक्तपुरबाट देखिए लाङटाङ लिरुङदेखि दोर्जे लाक्पासम्मका मनमोहक हिमाली दृश्य (फोटो फिचर)
निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि प्रदान
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक