एसीसी प्रिमियर कपका लागि क्यानद्वारा २१ सदस्यीय टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानद्वारा २१ सदस्यीय टोली घोषणा : Icon Khabar

काठमाडौं, चैत १५ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अप्रिल १८ देखि मे १ सम्म नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप प्रतियोगिताका लागि २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

छनोट टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिश जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दिप जोरा रहेका छन् । त्यस्तै अन्य सदस्यमा सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहेका छन् ।

एशियन क्रिकेट काउन्सिलको आयोजनामा ​​कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न १० देशको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै साउदी अरेबिया, मलेसिया, कतार र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा कुवेत, बहराइन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स रहेका छन् । उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्नेछ । विजेता सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ।

Published Date: 29 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु