नेपाल चलचित्र प्राविधिक संघद्वारा आगामी वैशाख १ गतेदेखि चलचित्र छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने

नेपाल चलचित्र प्राविधिक संघद्वारा आगामी वैशाख १ गतेदेखि चलचित्र छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने : Icon Khabar

काठमाडौं, चैत १५ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने भएको छ ।

चलचित्र प्राविधिकहरुको छाता सङ्गठनले सोही मितिदेखि १२ घण्टा सिफ्ट प्रणाली तोकेर प्राविधिकलाई काम गर्न दिने निर्णय गरेको छ ।

अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा काम गर्ने श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो प्रणाली लागु गर्न लागिएको बताए । प्रणालीअनुसार अब नेपाली प्राविधिकले अब बिहान ७ बजेदेखि बेलुकी ७ बजे र बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म १२ घण्टाको समयतालिका अनुसार काम गर्नुपर्नेछ ।

प्राविधिकले ओभरटाइम काम गर्नु परेमा निर्देशकले थप पारिश्रमिक तिर्नु पर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामीले २०७६ सालदेखि यो अभ्यास सुरु गर्ने तयारी गरेका थियौं, तर कोभिड–१९ को महामारीका कारण यो प्रणाली लागू हुन नसकेको हो,’ अध्यक्ष लामाले भने । ‘चलचित्रको हालको अवस्था र व्यापारलाई हेरेर हामीले यो नियम ल्याएका हौँ ।

अध्यक्ष लामाले नेफ्टाले नेपाल चलचित्र निर्माता संघ (एनएफपीए) र चलचित्र चलचित्र संघ जस्ता सम्बन्धित निकायलाई सिफ्ट प्रणाली लागू गर्न सहयोग गर्ने बताए । विदेशी चलचित्र उद्योगमा आठ घन्टाको नियम प्रचलनमा छ ।

नेफ्टाले नेपालमा छायांकन हुने विदेशी चलचित्रमा ६५ प्रतिशत नेपाली प्राविधिक हुनुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टालाई सहयोग गर्नुपर्ने नियम पनि ल्याएको छ ।

बैशाख १४ गतेदेखि नेफ्टामा दर्ता र सहयोग नगर्ने प्राविधिकले काम गर्न पाउने छैनन् र संघबाट सुविधासमेत पाउने छैनन् । ‘प्राविधिकको अधिकार र सुरक्षालाई ध्यानमा राखी दिनहुँ आउने समस्यालाई न्यूनीकरण गर्न यो नियम ल्याउदैछौँ’, अध्यक्ष लामाले भने । कार्ड भएका प्राविधिकले मात्र काम गर्न पाउने नियम बनाएर प्राविधिक र निर्देशक दुवैलाई सहज हुने विश्वास लिएका छौं ।

लामाले प्राविधिक अधिकार र चलचित्रको अन्तर्राष्ट्रियकरणलाई मुख्य एजेण्डा बनाएका छन् । यसबाहेक प्राविधिकहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने, प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने, अवार्डमार्फत नेपाली चलचित्रको विदेशमा बजार खोज्ने जस्ता योजनाहरू छन् ।

Published Date: 29 March 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु