नेपाल चलचित्र प्राविधिक संघद्वारा आगामी वैशाख १ गतेदेखि चलचित्र छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने

नेपाल चलचित्र प्राविधिक संघद्वारा आगामी वैशाख १ गतेदेखि चलचित्र छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने : Icon Khabar

काठमाडौं, चैत १५ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि छायांकनमा सिफ्ट प्रणाली लागू गर्ने भएको छ ।

चलचित्र प्राविधिकहरुको छाता सङ्गठनले सोही मितिदेखि १२ घण्टा सिफ्ट प्रणाली तोकेर प्राविधिकलाई काम गर्न दिने निर्णय गरेको छ ।

अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा काम गर्ने श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो प्रणाली लागु गर्न लागिएको बताए । प्रणालीअनुसार अब नेपाली प्राविधिकले अब बिहान ७ बजेदेखि बेलुकी ७ बजे र बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म १२ घण्टाको समयतालिका अनुसार काम गर्नुपर्नेछ ।

प्राविधिकले ओभरटाइम काम गर्नु परेमा निर्देशकले थप पारिश्रमिक तिर्नु पर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामीले २०७६ सालदेखि यो अभ्यास सुरु गर्ने तयारी गरेका थियौं, तर कोभिड–१९ को महामारीका कारण यो प्रणाली लागू हुन नसकेको हो,’ अध्यक्ष लामाले भने । ‘चलचित्रको हालको अवस्था र व्यापारलाई हेरेर हामीले यो नियम ल्याएका हौँ ।

अध्यक्ष लामाले नेफ्टाले नेपाल चलचित्र निर्माता संघ (एनएफपीए) र चलचित्र चलचित्र संघ जस्ता सम्बन्धित निकायलाई सिफ्ट प्रणाली लागू गर्न सहयोग गर्ने बताए । विदेशी चलचित्र उद्योगमा आठ घन्टाको नियम प्रचलनमा छ ।

नेफ्टाले नेपालमा छायांकन हुने विदेशी चलचित्रमा ६५ प्रतिशत नेपाली प्राविधिक हुनुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टालाई सहयोग गर्नुपर्ने नियम पनि ल्याएको छ ।

बैशाख १४ गतेदेखि नेफ्टामा दर्ता र सहयोग नगर्ने प्राविधिकले काम गर्न पाउने छैनन् र संघबाट सुविधासमेत पाउने छैनन् । ‘प्राविधिकको अधिकार र सुरक्षालाई ध्यानमा राखी दिनहुँ आउने समस्यालाई न्यूनीकरण गर्न यो नियम ल्याउदैछौँ’, अध्यक्ष लामाले भने । कार्ड भएका प्राविधिकले मात्र काम गर्न पाउने नियम बनाएर प्राविधिक र निर्देशक दुवैलाई सहज हुने विश्वास लिएका छौं ।

लामाले प्राविधिक अधिकार र चलचित्रको अन्तर्राष्ट्रियकरणलाई मुख्य एजेण्डा बनाएका छन् । यसबाहेक प्राविधिकहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने, प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने, अवार्डमार्फत नेपाली चलचित्रको विदेशमा बजार खोज्ने जस्ता योजनाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित