चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, चैत १५ । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्न लागेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बोर्डले डेस्कका लागि प्रणाली विकासको काम सुरु भइसकेको बताएको हो । साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने योजना पनि प्रदर्शन गरिएको छ ।

कार्यक्रममा नेपाल रोबोटिक्स एकेडेमीका संस्थापक विक्रान्त कार्की र आइडिया ब्रीड टेक्नोलोजीका निवेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कको प्रदर्शन गरेका थिए । यी दुई आईटी कम्पनीहरूले डेस्कको लागि प्रणाली विकासमा काम गर्नेछन्।

बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र उद्योगमा साइबर आक्रमण हुन नदिन ‘सिनेमा साइबर सेक्युरिटी’ निर्माण गरिएको बताए । “प्रविधिको विकासले हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् ।

टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल साइटहरूले नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो बनाएको छ। तर, यसले साइबर सुरक्षाका सन्दर्भमा नयाँ चुनौती पनि खडा गरेको छ । यी चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्ने नीति लिएर सक्रिय कदम चाल्ने निर्णय गरेको केसीले बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले साइबर सेक्युरिटी डेस्क तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बोर्डले सिनेमा साइबर सेक्युरिटी डेस्क सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छ ।

Published Date: 29 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु