चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, चैत १५ । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्न लागेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बोर्डले डेस्कका लागि प्रणाली विकासको काम सुरु भइसकेको बताएको हो । साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने योजना पनि प्रदर्शन गरिएको छ ।

कार्यक्रममा नेपाल रोबोटिक्स एकेडेमीका संस्थापक विक्रान्त कार्की र आइडिया ब्रीड टेक्नोलोजीका निवेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कको प्रदर्शन गरेका थिए । यी दुई आईटी कम्पनीहरूले डेस्कको लागि प्रणाली विकासमा काम गर्नेछन्।

बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र उद्योगमा साइबर आक्रमण हुन नदिन ‘सिनेमा साइबर सेक्युरिटी’ निर्माण गरिएको बताए । “प्रविधिको विकासले हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् ।

टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल साइटहरूले नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो बनाएको छ। तर, यसले साइबर सुरक्षाका सन्दर्भमा नयाँ चुनौती पनि खडा गरेको छ । यी चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्ने नीति लिएर सक्रिय कदम चाल्ने निर्णय गरेको केसीले बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले साइबर सेक्युरिटी डेस्क तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बोर्डले सिनेमा साइबर सेक्युरिटी डेस्क सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट