श्रीलंकाले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने

श्रीलंकाले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने : Icon Khabar

कोलम्बो, चैत १५ । श्रीलंकाको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ । ’श्रीलंकासँग नवीकरणीय स्रोतहरु जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरु मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ ।

राष्ट्रपति (रानिल) विक्रमासिंघे हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलंकाको बलियो अर्थतन्त्र निर्माणको आधार हुनसक्ने विश्वास व्यक्त गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

रासस-सिन्ह्वा

Published Date: 29 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु